जो खास शिक्षामा जोडिन्छ,
उसको जीवन 7StArLiFe बन्छ
हरेक व्यक्तिलाई 7StArLiFe (सेभेन स्टार लाईफ) बाँच्न लायक बनाउने शिक्षा नै खास शिक्षा हो । पैसा, पहिचान, परिवार, स्वास्थ्य, खुशी र मानवताबाट स्वतन्त्र भई #आनन्द प्राप्त गर्नु नै 7StArLiFe हो ।
#01
PEACE
Freedom form 3H3F
[आनन्द भनेको अज्ञानताबाट मुक्त भई ब्रमाण्डको एकमात्र अन्तिम रियालिटीलाई बोध गर्नु हो । आनन्द प्राप्त गर्नु नै मानव जीवनको सर्वोच्च उद्देश्य र उपलब्धि हो । खुशी, स्वास्थ्य, मानवता, परिवार, पहिचान र पैसा, यी ६ पील्लरको स्वतन्त्रताबाट आनन्द पील्लरको मापन अनुमान लाउन सकिएपनि आनन्द प्राप्तिपछि मापनको जरुरी पर्दैन ।]
#0२
HUMANITY
Humanity Freedom
[आनन्दलाई केन्द्रमा राखि जिम्मेवारी, प्रेम, सिर्जनशिलता, श्रद्धा, अनुशासन, ईमान्दारिता, अहिंसा, सत्यता र करुणा गुण हुनु तर (लैङ्गिक, जातिय, राजनैतिक, धार्मिक, वर्गीय, भौगोलिक, भाषिक, सांस्कृतिक र नातागत खोल नहुनु) अनि कमाईको १०% दान गर्नु] लाई मात्र (Humanity Freedom) भएको मानिनेछ ।
#0३
HAPPINESS
Happiness Freedom
[आनन्दलाई केन्द्रमा राखि Pleasure को गुलामी नभई दैनिक १० मिनेट ध्यान, प्राणायाम, व्यायाम गर्नु, स्वस्थ खानपीन गर्नु, गहिरो निदाउन सक्नु, प्रकृति सँग समय विताउनु, अरुलाई सहयोग गर्नु, सेक्स गर्नुपरेमा सन्नी सेक्स गर्नु र केही न केही नयाँ शैलीमा दैनिक क्रियाकलाप गर्नु] लाई मात्र (Happiness Freedom) भएको मानिनेछ ।
#0४
HEALTH
Health Freedom
[आनन्दलाई केन्द्रमा राखि वेष्ट सोच्नु, भावनाहरुको सदुपयोग गर्न सक्नु, दैनिक १०/१० मिनेट ध्यान, प्राणायाम, योगासन, व्यायाम गर्नु, स्वस्थ खानपीन गर्नु, गहिरो निदाउन सक्नु] लाई मात्र (Health Freedom) भको मानिनेछ।
#05
FAMILY
Family Freedom
[आनन्दलाई केन्द्रमा राखी बच्चा उत्पादक नभई असली बाउआमा हुनु, विहे गरेमा वेहोसीमा नभई होसी दम्पत्ति हुनु र कु-सन्तान नभई असल सन्तान सहितको परिवार हुनु] लाई मात्र (Family Freedom) भएको मानिनेछ ।
#06
FAME
Family Freedom
[आनन्दलाई केन्द्रमा राखेर पद, पावर र प्रसिद्धीको गुलामी नभई आफ्नो प्यासनभित्रको पेशामा रहेर सम्पूर्ण प्राणी जगतका लागि आफूले सकेको योगदान (जस्तैः जीवनदान, ज्ञानदान, सीपदान, अंगदान, रक्तदान, भूमीदान, अर्थदान, अन्नदान आदि) गर्नुलाई मात्र (Fame Freedom) भएको मानिनेछ ।
#07
FINANCE
Finacial Freedom
[आनन्दलाई केन्द्रमा राखेर एउटै चुल्होमा खाने परिवारका सदस्यहरुको आधारभूत खर्चभन्दा कम्तिमा पनि ३ गुणा बढि कमाई हुनु, दायित्वभन्दा सम्पत्तिको स्रोत बढि हुनु, कोष सिस्टम अनुसार पैसा व्यस्थापन गर्नु र पैसाका लागि काम नगर्नुपर्ने अवस्था हुनु] लाई मात्र (Financial Freedom) भएको मानिनेछ ।
जीउँदो रहनु र बाँच्नु नितान्त फरक कुरा हुन् । सेभेन स्टार लाईफलाई मात्र मानव जीवन बाँच्नु भनिन्छ भने मासुको डल्लोलाई जबर्जस्ती घिसार्नु वा लतार्नु नै जीउँदो रहनु हो ।
लास २ प्रकारका हुन्छन्, श्वास रहितको र श्वास सहितको ।। श्वास सहितको लासभन्दा मसानघाटको लास कयौँ गुणा वेष्ट हुन्छ किनकी श्वास रहितको लासले कसैको भलो गर्न नसकेपनि कसैको कूभलो गर्दैन ।