के हामी साथी बन्न सक्छौँ ?
राम वि शामका ज्ञान र सीप हजुरलाई आवश्यक छन् जस्तो लाग्छ भने हामी साथी बन्न सक्छौँ । साथी बन्नका लागि “साथी बन्नुहोस्” बटनमा क्लिक गर्नुहोस् ।।
7StArLiFe दार्शनिक
संसारमा जून कुरा परिवर्तित छ, त्यो अन्तिम रियालिटी होईन । रियालिटी त्यो हो, जो परिवर्तिनरहित छ, जो जहाँपनि छ, जो जहिलेपनि छ । अन्तिम रियालिटीलाई बुझ्नु र महशुस गर्नु नै जीवनको सर्वोच्च उपलब्धि हो । जब रियालिटीलाई जानिन्छ, दुनिँयामा जान्न बाँकी अरु केही रहँदैनन् ।। अध्यात्म र विज्ञान परिपूरक हुन्, विपरित होईनन् । अध्यात्म र विज्ञान दुवैले ब्रमाण्डमा अवस्थित कुराको Re-Search गर्ने काम गर्छन् ।
राम वि शामद्धारा लिखित आध्यात्मिक पुस्तक “रियालिटी” विश्वभर उपलब्ध छ ।
कुनैपनि मान्छेको ब्रेन अरबौँ न्यूरोन मिलेर बनेको हुन्छ । अपवाद बाहेक सबै मान्छेको ब्रेन उत्तिकै तथा बराबर शक्तिशाली हुन्छ । तर, तर ब्रेन बराबर Powerful हुँदाहुँदै पनि, किन कोही धनी, कोही गरीब, किन कोही सुखी कोही दुःखी, किन कोही सफल कोही असफल हुन्छन् । यसको एउटै मात्र कारण हो, Wrong Mind Programming ।। यदि हामीले माईण्डको विज्ञान जान्यौँ भने आफ्नो जीवनको कथा आफै लेख्न सकिन्छ, जीवनका सबै समस्याको हल चुट्कीको भरमा निकाल्न सकिन्छ ।। जस्तो मन, उस्तै जीवन
राम वि शामद्धारा लिखित माईण्डको पुस्तक “NLP माईण्ड माष्टरी” विश्वभर उपलब्ध छ ।
शारिरीक स्वास्थ्य मात्र नभएर मानसिक, भावनात्मक र आध्यात्मिक गरेर स्वास्थ्य ४ प्रकारको हुन्छन् । ४ वटै तहमा स्वस्थ हुन सके मात्र Healthy Life हुन्छ । राम वि शामद्धारा लिखित स्वास्थ्यको पुस्तक “हेल्थ माष्टरी” विश्वभर उपलब्ध छ ।
बाहिरी आवरण मान्छेको जस्तो हुँदैमा कोहीपनि मान्छे हुनै सक्दैन । मान्छे हुनका लागि मानवता चाहिन्छ । जसरी कुहिएको घाँज्रा भएको ओखरको अर्थ हुँदैन नी, त्यसैगरी मानवता विना मान्छेको कुनै अर्थ हुँदैन ।। मान्छे, मान्छे नै रहेन भने चाहे त्यो नेता होस्, कलाकार होस्, पत्रकार होस्, कर्मचारी होस् ती सबैले सँधै अरुको कूभलो मात्रै गर्छन् । आउनुहोस्, सर्वप्रथम मान्छे त बनौँ, अरु के के बन्नुपर्छ ती त आफै हुँदै गर्छन् ।।
राम वि शामद्धारा लिखित “मानवता” पुस्तक विश्वभर उपलब्ध छ ।
अलिकति पनि तालमेल मिलाउन सक्यौँ भने परिवार स्वर्ग बन्छ र अलिकति तालमेल बिग्र्यो भने नर्क खोज्न कतै जानु पर्दैन ।।
होसमा विवाह, जीन्दगी आहा == वेहोसीमा विवाह, जीन्दगी स्वाहा
बच्चा जन्माउनु र बाउआमा बन्नु फरक कुरा हुन् । संसारमा अधिकांशले बच्चा जन्माउन सक्छन् तर बाउआमा विरलै बन्ने गर्छन् ।
खुशीको द्धार, असल परिवार
राम वि शामद्धारा लिखित “विवाह” “सन्नी सेक्स” र “पर्फेक्ट प्यारेन्टिङ” पुस्तक विश्वभर उपलब्ध छन् ।
पैसा नै सबथोक भन्ने पनि मुर्ख हुन् र पैसा केहीपनि होईन भन्ने पनि मुर्ख हुन् । सर्वप्रथम हामी यी दुई अत्तिबाट बच्न सक्नुपर्दछ । खर्चभन्दा आम्दानी कम्तिमा पनि ३ गुणा बढि भएको अवस्था नै Finacial Freedom हो । दुनिँयामा सबैलाई करोडपति बनाउन नसकिएपनि गरिबमुक्त चाहिँ 100% गराउन सकिन्छ । जसका लागि आम्दानीको विज्ञान, खर्चको विज्ञान, बचतको विज्ञान र लगानीको विज्ञान सिक्न र सिकाउन जरुरी पर्दछ ।
राम वि शामद्धारा लिखित “Money माष्टरी” र “बेच्ने विज्ञान” पुस्तक विश्वभर उपलब्ध छन् ।
हामी जन्मिँदा रुँदै जन्मिनुको अर्थ यो हो कि, मर्दाखेरी हाम्रो अभावमा दुनिँया रोओस् । सकिन्छ विश्वका लागि योगदान दिऔँ, त्यति नसके देशका लागि योगदान गरौँ, त्यति नसके प्रदेशका लागि, त्यति नसके जिल्लाका लागि र त्यति पनि नसके समाजका लागि अनिवार्य योगदान गरौँ । जति धेरै योगदान, उति धेरै पहिचान
राम वि शामद्धारा लिखित “लोकप्रिय पहिचान” पुस्तक विश्वभर उपलब्ध छ ।
दुनिँयामा ३%-५% व्यक्तिहरु मात्रै सफल हुने गर्छन् । सफल व्यक्ति सफलताको पद्धति पछ्याउँछन् भने असफल व्यक्तिहरु असफलताको पद्धति फ्लो गर्छन् । विशेषगरी सफलताको ७ पद्धतिहरु छन् । 7 System of Sucess ||
राम वि शामद्धारा लिखित “सफलता सिस्टम” र करियर डिजाईन् पुस्तक विश्वभर उपलब्ध छन् ।
Startup Starting देखि Business Estabilis सम्मको कोचिङको लागि विजनेस फाउण्डरहरु हामीसँग जोडिने गर्नुहुन्छ । P + K + S + P + V + A = Success Business
कसले कति धेरै कुरा बुझाउन सक्छ भन्ने कुरामा उसको पब्लिक स्पीकिङ सीपमा निर्भर पर्दछ । तपाईको कुरा अर्को मान्छेले बुझ्नमा, तपाईका शब्दले (७%), तपाईको बोल्नै आवाजशैलीले ३८% र तपाईको शारिरीक हाउभाउले ५५% भूमिका खेल्दछ ।
जीवनमा सफलताका लागि अरुलाई खुशी पार्न सक्नुपर्छ, अरुलाई खुशी पार्नलाई कुरा बुझाउन सक्नुपर्छ र कुरा बुझाउनका लागि पब्लिक स्पीकिङको सीप चाहिन्छ ।।
राम वि शामद्धारा लिखित “पब्लिक स्पीकिङ” पुस्तक विश्वभर उपलब्ध छन् ।
१२ वर्षको उमेरमा पहिलो पटक माईकमा बोलेको सम्झना छ । कार्यक्रममा बोल्नलाई अनेकन उपाय लगाउँथेँ । कहिले अनुरोध गर्थेँ, कहिले ज्याक लाउनुपर्थ्यो । बोल्न पाउँ भनेर कार्यक्रम संचालकलाई पैसा दिएको समेत अनूभव छ । फरक यत्ति हो, पहिले बोल्नलाई पैसा दिँन्थे र अहिले बोलेको पैसा लिन्छु ।।
प्रशिक्षण गर्नु त मेरो मुख्य पेशा नै भईहाल्यो साथै सांगेतिक कार्यक्रम तथा सबै खालका औपचारिक कार्यक्रम उद्घोषण समेत गर्ने गरेको छु ।
असार २२ गते १६ वर्षको हुँदैथिएँ, असार १८ गते पहिलो पटक रेडियोमा बोल्ने अवसर मिलेको थियो ।। “हृदयको आवाज, डियर ह्यूमन र केवल हजुरको लागि” कार्यक्रमहरु मेरा लागि सम्झिनैपर्ने कार्यक्रम हुन् ।
कार्यक्रम प्रस्तोताबाट शुरु भएको रेडियोको यात्रामा समाचार वाचन समेत गर्ने अवसर मिल्यो । दैनिक नौ वटा समयमा एक्लै समाचार वाचन गर्नुपर्ने त्यो बाध्यता अहिलेपनि सम्झनामा ताजै छ ।
एक समय यस्तो समय पनि थियो, समाचार लेखन, समाचार वाचन, कार्यक्रम प्रस्तोता र रेडियो प्राबिधिक एक्लै सम्हाल्नुपर्ने । दैनिक ९ वटा समयमा समाचार लेखेर, आफै प्राबिधिक भएर, आफैले समाचार वाचन गर्नुपर्थ्यो ।
खासगरी समाचार 5WH मा आधारित भएर लेखिन्छ । समाचार लेख्दा ध्यान दिनैपर्ने कुरा चाहिँ, सबै सत्यहरु तथ्य हुन्छन् र सबै तथ्य सत्य नहुन पनि सक्छन् ।
औपचारिक रुपमा मेरो गित लेखनको यात्रा २०७१ सालमा भएको हो । टाढा नजाउ कान्छु बोलको लोकगित बजार आएको थियो । जसको CRBT अत्यन्तै गको थियो । अन्य केहि लोक गित र केही आधुनिक गित बजारमा आएका छन् । र्याप गितहरु पनि लेख्छु । एउटा र्याप गित बालेन शाहलाई गाउन दिने कुरो छ ।
हे मेरा, साथी बुझिराख्नुहोस्
भई नै रहन्छ, तलमाथि बुझिराख्नुहोस्
जीवनमा कुनैपनि, महान कामहरुको
कठिन हुन्छ, शुरुवाती बुझिराख्नुहोस्
मेरो मुक्तक लेखनको यात्रा १५ वर्षको उमेरदेखि शुरु भएको हो । शुरुवातीमा सामान्य विषय लेखिन्थ्यो र अहिले मोटिभेशनल मुक्तकहरु अलि बढि लेख्ने गर्छु ।
मेरो गजल लेखन र मुक्तक लेखनको यात्रा १५ वर्षको उमेरदेखि शुरु भएको हो । गजलको तुलनामा मुक्तक नै बढि लेख्ने गर्छु ।
पहिलो गजल यस्तो थियो ।
यो धर्तीको भन्दा, वास कस्तो छ आमा ?
ढिडोसिस्नो भन्दा, गास कस्तो छ आमा ?
हामी सबैलाई, चटक्कै छोडेर जानुभयो
स्वर्ग भन्ने ठाउँ, खास कस्तो छ आमा ?
यहाँ त खडेरीले सबै सकाईसक्यो
त्यताको दाउरा र, घाँस कस्तो छ आमा ?
क्षमतालाई हैन, आफ्नालाई पास गराईन्छ यहाँ
त्यहाँको फेल र, पास कस्तो छ आमा ?
कविता, गजल र मुक्तक लेखनको यात्रा एउटै समयमा शुरु भएको थियो । कविता लेखनको शुरुवात चाहिँ पद्य कविताबाट भएको थियो । आजभोली चाहिँ पद्य र गद्य दुवै विधामा लेख्ने कोशिस गर्छु ।
मैले लेखेका एक दर्जनभन्दा बढि Short Movie यूटुबमा पब्लिस गरेको छु । फिल्म पनि लेखिरहेको छु, निकट भविष्यमा अवश्य मैले लेखेको फिल्म सबैले हेर्न पाउनुहुनेछ ।
केही म्यूजिक भिडियो र लघुफिल्म निर्देशन गर्ने अवसर मिलेको छ । भविष्यमा मेरो निर्देशनमा थुप्रै म्यूजिक भिडियो र Short Movie हेर्न पाउनुहुनेछ ।
अभिनयका नवरसको बारेमा पढेको छु । खासै मेरो अभिनयमा रुची नभएपनि केही म्यूजिक भिडियो र Short Moive मा देखिएको छु । कथाले माग्यो भने निकट भविष्यमा थप अभिनय देख्न पाउनुहुनेछ ।
पुस्तक तथा कन्टेन्ट सम्पादनको सीप पनि छ भनौँ । साथै म्यूजिक भिडियो तथा Short Movie सम्पादन गरेको अनूभव छ । Whiteboard Animation गरेर केही भिडियो बनाएँ । कम्प्यूटरमा Adobe Premiere र Filmora अनि मोबाईलमा VN, CapCut जस्ता सफ्टवयर सम्पादनका लागि प्रयोग गर्छु ।
DSLR क्यामेराबाट म्यूजिक भिडियो र लघुफिल्म खिचेको अनूभव छ । सामान्य सीप भएपनि यो चाहिँ मेरो रुचीको विषय होईन ।
थुप्रै कलेज तथा संस्थाका वेवासाईट निर्माण गर्ने अवसर प्राप्त भएको छ । ४/५ दर्जनलाई वेवाईट बनाउन पनि सिकाएको छु, जसले अहिले मासिक ३०/४० हजार कमाईरहेका छन् ।
मैले विशेष गरी २०१६ देखि YouTube लाई Professionally चलाउन थालेको हुँ । २०१७ मा $११२ डलर YouTube को पहिलो कमाई झिक्दा साह्रै खुशी लागेको थियो । एउटा च्यानल त बिक्री गरेँ पनि ।। धेरै जना YouTube सम्बन्धि तालिम लिन अहिले पनि आउनुहुन्छ ।
झुक्केर भनौँ या के भनौँ धेरथोर ग्राफिक डिजाईन पनि सिकिएछ । Logo, Poster, Book, Banner, ब्रोसर, क्यालेन्डर जस्ता आवश्यक ग्राफिक डिजाईन गर्न अहिलेपनि आउँछ ।
भर्खर भर्खर कम्पूटर सिक्दा, खत्रै PointPoint जाने जस्तो लाग्थ्यो । जब मैले Scientific रुपमा PowerPoint डिजाईन सिकेँ त्यसपछि म आफै छक्क परेँ । सामान्य PowerPoint डिजाईन जान्नुभएकाहरुलाई ५ दिन लाग्छ Animeted PowerPoint डिजाईन सिक्न ।
ChatGPT, Google Bard, Microsoft Bing को उच्चत्तम प्रयोग अहिले पनि गरिरहेको छु । साथै २१ भन्दा धेरै Ai Site प्रयोग गरिरहेको छु । Ai को प्रयोग School तथा कलेजमा कसरी गर्ने भनेर सिकाउनका लागि बोलाउनुहुन्छ ठाउँ ठाउँबाट ।
Facebook, YouTube, Instagram, TikTok, WhatsApp, Telegram, Viber आदि सोसल मिडियामा मार्केटिङ गर्ने सीप छ ।
Learning Management System, School Mnagement System, Zoom, Google Meet or Mocrosoft Team etc use skill.
मोबाईल र कम्यूटरमा आउने अधिकांश सफ्टवयर सम्बन्धि समस्याको हल गर्न आउँछ । आवश्यक सफ्टवयर जति सबैको बारेमा आवश्यक सीप सिक्ने अवसर मिलेको छ ।
राम वि शामका ज्ञान र सीप हजुरलाई आवश्यक छन् जस्तो लाग्छ भने हामी साथी बन्न सक्छौँ । साथी बन्नका लागि “साथी बन्नुहोस्” बटनमा क्लिक गर्नुहोस् ।।