९०% पत्रकार किन Negative हुन्छन् र कुलतमा फस्छन् ?

मेरो आर्टिकलको हेडलाईन र पत्रकारहरुको समाचारको हेडलाईन उस्तै उस्तै लागेपनि ज्यादै फरक छन्। मैले अधिकांशको भलाईका लागि सफा नियत राखेर यो आर्टिकल लेख्दैछु। कसैको जीवनमा मेल खान गएमा, मेल खानेहरुलाई महा-पाप लाग्‍नेछ।

मेरो आफ्नो अनूभव र अनुसन्धानका आधारमा ९५% पत्रकारहरु नेगेटिभ हुन्छन्। किन यसो भएका होलान भनेर तपाईलाई जिज्ञासा लाग्यो होला होईन ? यसका लागि विस्तृत रुपमा जानौँ है त ।

सामान्य भाषामा पत्रकार भनेको सूचना आदानप्रदान गर्ने व्यक्ति हो। आउनुहोस्, सूचनाको बारेमा वैज्ञानिक तवरबाट विस्तृतमा जानौँ।

बाहिरी सूचनाहरु हाम्रो पाँच ईन्द्रियको बाटो भएर हाम्रो मष्तिष्कमा प्रवेश गर्छन्। पाँच ईन्द्रियलाई (VAK) भनेर भन्न सकिन्छ। 400 Billion Bit/Sec को गतिमा बाहिरी सूचनाहरु VAK बाट मष्तिष्कमा प्रवेश गरिरहेका हुन्छन।

हामीले आफ्नो विचार बनाउनुभन्दा पहिले सूचनाहरु फिल्टर भएर 2000Bit/Sec सूचनाहरु मात्र माईण्डमा जान्छन्। सूचनाहरु (Delete, Distortion, Generalization) को विधिमा फिल्टर हुन्छन्। बाहिरी घटना (E1) र घटनाप्रतिको व्यक्तिको बुझाई (E2) भनेर बुझ्न सकिन्छ। E1 र E2 कहिल्यै पनि एउटै हुँदैनन्।

एउटै घटनाको व्यक्ति अनुसार फरक फरक E2 बन्छ। हाम्रो मष्तिष्कले यसरी काम गर्छ। यही विज्ञानको आधारमा सूचनाहरु 100% सत्य हुँदैनन् । वास्तविकता एउटा हुन्छ, समाचार अर्को बनाईन्छ। आफ्नै आँखाले देखेको, कानले सुनेको कुरा 100% सत्य हुँदैनन्। झन यसमा नकारात्मक व्यक्तिद्वारा लेखिएका समाचारको त के कुरा गर्नु ।

पत्रकार किन नेगेटिभ हुन्छन् भन्‍ने कुरालाई विस्तृत रुपमा बुझौँ । हामी हाम्रो माईण्डलाई जुन कुरामा फोकस गराउँछौँ, त्यही प्रकारको आकार लिन्छ र त्यही प्रकारको प्रतिफल दिन्छ ।

रिसर्च भन्छ, विश्‍वका ९०% मिडियाहरु नकारात्मक छन्। यसको मतलब पत्रकारहरु नकारात्मक कुरामा मात्र फोकस भईरहेका छन्। पत्रकारले नकारात्मक कुराको मात्र समाचार खोज्‍ने र लेख्‍ने हो भने समाज र राष्ट्रको लागि भन्दा धेरै घातक स्वंय पत्रकारको लागि हुन्छ।

औँलामा गन्‍न सकिने पत्रकार बाहेक सबै पत्रकारहरु झर्किने, छिट्टै आक्रोशमा आईहाल्ने, जे पाईयो त्यही प्रश्‍नहरुको तरबार तेर्स्याईहाल्ने, जे मा पनि आलोचना गरिहाल्नुपर्ने स्वभावका हुन्छन् । किनकी उनीहरु मानसिक रोगले ग्रसित छन्। नेगेटिभ समाचारमा फोकस हुँदा हुँदा, लेख्दा लेख्दा उनीहरुका दिमागमा भएका न्यूरोनको प्रोगामिङ नै नेगेटिभ भईसकेको हुन्छ।

पोजेटिभ समाचार लेख्‍ने र पोजेटिभ कार्यक्रम चलाउने पत्रकारहरु र नेगेटिभ समाचार लेख्‍ने र नेगेटिभ कार्यक्रम चलाउने पत्रकाहरुको स्वभाव र जीवनशैली आकाश र पत्तालको फरक हुन्छ ।।

नेगेटिभ पत्रकारहरुको जीवनशैली साह्रै दयालाग्दो हुन्छ। धुम्रपान, मध्यपान र सेक्स लगायतका कुलतमा चुर्लुम्म डुबेका हुन्छन् । नेगेटिभ माईण्ड भएकै कारण पत्रकारहरु मनमा अशान्ति, परिवारमा अशान्ति र पैसामा देखावटी खोक्रो शैलीले छियाछिया भईसकेका हुन्छन।

नेगेटिभ पत्रकारहरुले भरिएको नेगेटिभ मिडियाको समाचार पढ्ने र देख्‍ने जनताको दिमाग पनि एकएक गरेर नेगेटिभ प्रोग्रामिङ भईरहेको छ। ती पत्रकारले मेरो यो आर्टिकललाई स्वीकार गर्नेछैनन्, ती पत्रकारलाई तीतो लाग्नेछ, जसलाई मेल खानेछ।।

यदि आफ्नो जीवन साँच्चिक्कै सार्थक र अर्थपूर्ण बनाउने हो भने समाजका लागि हानिकारक पत्रकार र मिडियाबाट बचौँ । मिडियामा आउने ९५% सूचनाहरु तपाई हाम्रो जीवनसँग सम्बन्धित हुँदैनन्।

मिडियाले माईण्ड बिगारिरहेका छन्। माईण्ड बिग्रनु भनेको जीवन बिग्रनु हो। जीवनमा पढ्नैपर्ने र जान्‍नैपर्ने ज्ञान र सूचनाहरु मिडियाभन्दा बाहिरै छन्। जस्तो वातावरण त्यस्तै सोच, जस्तो सोच उस्तै जीवन ।

सकारात्मक वातावरण निर्माणका लागि ९५% मिडियालाई सुन्‍न र देख्‍न बन्द गरौँ, यसमा नै सबैको भलाई हुनेछ ।

पत्रकारहरुलाई मेरो अनुरोध छ। सकिन्छ, पोजेटिभ पत्रकार बन्‍नुहोस्, सकिदैन पत्रकारिता छोड्नुहोस्। पत्रकारिता तपाईको लागि होईन। नेगेटिभ पत्रकारिताले देशलाई हानी त हुन्छ नै, त्यो भन्दा धेरै हानी तपाई स्वंयलाई हुन्छ ।

पत्रकारको नाममा आफ्नो अर्थपूर्ण मान्छेको चोला खेर नफाल्नुहोस्। सफा नियत राखेर काम गर्नेहरुलाई नियतीले समेत साथ दिन्छ। आफ्नो जीवनशैलीलाई प्रदुषित नबनाउनुहोस्। जीवनको सर्वोच्च उपलब्धि भनेको आफैलाई जान्‍नु हो। जीवनको अन्तिम सत्यलाई समेत खोज गर्नुहोस् ।

आध्यात्मिक साधक बन्नुहोस्। अध्यात्म नबुझेको पत्रकार, असल पत्रकार हुनै सक्दैन। कि अध्यात्म बुझेको पत्रकार बन्‍नुहोस्, कि पत्रकारिता छोड्नुहोस्। धन्यावाद।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top